विश्व

सिंगापुरको कम्पनीले लेन्सकार्टमा लगायो २०० मिलियन डलरको लगानी

इकागज |
जेठ २२, २०८१ मंगलबार १३:३६ बजे

काठमाडौँ- सिंगापुरको कम्पनी टेमासेक र फिडेलिटीले भारतीय कम्पनी लेन्सकार्टको २ सय मिलियन अमेरिकी डलर बराबरको शेयर खरिद गरेको छ ।

टेमसेक र फिडेलिटीले हालसालै भारतीय आइवेयर स्टार्टअप लेन्सकार्टको २ सय मिलियन अमेरिकी डलर बराबरको शेयर खरिद गरेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


सिंगापुरको कम्पनीले ५ बिलियन अमेरिकी डलरको मूल्याँकनमा उक्त शेयर खरिद गरिएको बताइएको छ ।

विगत १८ महिनामा लेन्सकार्टले करिब १ बिलियन लगानी भित्र्याएको छ ।

१३ वर्षअघि पियुश बंसल र अमित चौधरीद्वारा स्थापित लेन्सकार्ट भारतमा सबैभन्दा ठूलो चश्मा व्यवसायीको रूपमा उभिएको छ ।


Author

थप समाचार
x