विश्व

भारतीय आईटी कम्पनी इन्फोसिसले ७६ प्रतिशत कम कर्मचारी भर्ना गर्‍यो

इकागज |
जेठ २३, २०८१ बुधबार १४:१० बजे

काठमाडौँ- भारतको दोस्रो ठूलो आईटी कम्पनी इन्फोसिसको सन् २०२४ मा कलेजका ग्राजुएटलाई दिने रोजगारीमा ७६ प्रतिशतले कमी आउको छ ।

कम्पनीको वार्षिक वित्तीय प्रतिवदेनले गरेको खुलासाअनुसार इन्फोसिसले सन् २०२३ मा ५० हजार ग्राजुएटलाई कर्मचारीको रुपमा भर्ना गरेको भएपनि सन् २०२४ मा भने केवल ११ हजार ९ सयलाई मात्र रोजगार दिएको हो ।


इन्डियन स्टार्टअप न्यूजले जनाएअनुसार इन्फोसिसको कर्मचारीको संख्यामा २५ हजार ९ सय ९४ कम भएको जुन सन् २००१ पछिकै न्यून हो ।

सन् २०२४ मा वर्षभरी कम्पनीमा ३ लाख १७ हजार कर्मचारी रहेका थिए ।

कम्पनीले एआईको सहयोग लिन थालेपछि कर्मचारी भर्नामा कमी आएको बताइएको छ ।

इन्फोसिसका सीईओ सलिल पारेखले जनाएअनुसार कम्पनीले २ लाख ५० हजार भन्दा बढी कर्मचारीहरूलाई एआई सीपमा तालिम दिई भविष्यका लागि तयार पारेको छ ।


Author

थप समाचार
x