विश्व

टिकटक ह्याकमा लक्षित प्रयोगकर्ताहरू मध्ये पेरिस हिल्टन पनि

इकागज |
जेठ २३, २०८१ बुधबार १४:४३ बजे

काठमाडौँ- भिडियो एप टिकटकले पेरिस हिल्टन र सीएनएन लगायतका ब्रान्ड र सेलिब्रेटीहरूलाई लक्षित गर्ने साइबर आक्रमणविरुद्ध काम गरिरहेको जनाएको छ ।

टिकटकले केही सीमित खाताहरू ह्याक भएको जनाउँदै उक्त कार्यविरुद्ध काम गरिरहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।


टिकटकले जनाएअनुसार कम्पनीले प्रयोगकर्ताहरूको खाताहरूमा पहुँच पुनर्स्थापित गर्न काम गरिरहेको छ ।

तर चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले साइबर आक्रमण बारे थप विवरण भने सार्वजनिक गरेको छैन ।

टिकटकका प्रवक्ताले रियालिटी टिभी स्टार हिल्टनको खातालाई लक्षित गरिएपनि त्यसमा कुनै सम्झौता नभएको बताए । हिल्टनको टिकटकमा १० मिलियन भन्दा बढी फलोअर्स छ ।

यता अमेरिकी समाचार प्रसारक सीएनएनको टिकटक खाता ह्याक गरिएको र यसका लागि काम भइरहेको बताइएको छ ।


Author

थप समाचार
x