Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

सामसङका २८ हजार कामदारले एकदिने 'वाकआउट' गर्ने

इकागज |
जेठ २५, २०८१ शुक्रबार ११:५१ बजे

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सका युनियनमा आवद्ध कामदारहरूले पारिश्रमिकलाई लिएर शुक्रबार एक दिने 'वाकआउट' गर्ने निर्णय गरेका छन् ।

युनियनका एक अधिकारीले सामसङ इलेक्ट्रोनिक्समा पहिलोपटक वाकआउट गर्ने अर्थात विदा लिने निर्णय गरिएको बताएका आईएएनएसले जनाएको हो ।


नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसइयू) का लगभग २८ हजार सदस्यहरू सामूहिक रूपमा वाकआउट गर्ने तयारी रहेपनि केही विश्लेषकहरूले यस कार्यले उत्पादनमा कुनै ठूलो असर नपर्ने अपेक्षा गरेका थिए ।

एनएसइयूले वाकआउटमा सम्मिलित हुने कामदारहरूको संख्या नखुलाइने तथा यसमा सहभागीहरुको सहभागिता जनाउने निर्णय स्वैच्छिक जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्सले सन् १९६९ मा स्थापना भएदेखि अहिलेसम्म हडताल भएको छैन ।


Author

थप समाचार
x