Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति

इकागज |
जेठ २६, २०८१ शनिबार १२:५१ बजे

काठमाडौँ- श्रीलंकाले देशमा स्याटेलाइट सेवा सुरु गर्न एलन मस्कको स्टारलिंकलाई स्वीकृत गरेको छ ।

स्टारलिंकलाई श्रीलंकाले स्विकृत गरेको श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बताएका आईएएनएसले जनाएको हो ।


श्रीलंकाको दूरसञ्चार नियामक आयोग (टीआरसीएसएल) ले स्टारलिंकलाई श्रीलंकामा स्याटेलाइट इन्टरनेट सेवाहरू सुरु गर्न स्विकृति दिएको श्रीलंकाका राष्ट्रपति रनिलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जनाएका हुन् ।

यता स्पेशएक्सका सीईओ मस्कले पनि श्रीलंकाको निर्णयलाई स्वागत गरेका छन् ।


Author

थप समाचार
x