विश्व

जाम्बियामा चिनियाँ साइबर अपराधमा संलग्न गिरोहलाई लामो जेल सजाय

इकागज |
जेठ २७, २०८१ आइतबार ११:४६ बजे

काठमाडौँ- जाम्बियामा साइबर सम्बन्धी अपराधका लागि २२ चिनियाँ नागरिक र एक क्यामेरोनियन व्यक्तिलाई लामो जेल सजाय सुनाइएको छ ।

उक्त गिरोहमा रहेकी एकमात्र महिला गु टियानजियाओलाई लुसाका मजिस्ट्रेट अदालतले सात वर्षको सजायको घोषणा गरेको बीबीसीले जनाएको छ ।


गिरोहका मास्टरमाइन्ड ली जियानलिन सहित कतिपयलाई ११ वर्ष सम्म जेल सजाय सुनाइएको छ ।

गिरोहका सदस्यहरूलाई १ हजार ५ सय देखि ३ हजार अमेरिकी डलरसम्म जरिवाना पनि गरिएको छ ।

सिंगापुर, पेरु र संयुक्त अरब इमिरेट्स जस्ता देशका पीडितहरू उनीहरूको साइबर आक्रमणमा परेका जाम्बियाका अधिकारीहरूले जनाएका छन् ।


Author

थप समाचार
x