मोदीको शपथ ग्रहणमा किन बोलाइएन् विपक्षी दललाई ?
फाइल फोटो
काठमाडौँ - नरेन्द्र मोदीको सपथ ग्रहण समारोहको सन्दर्भमा विपक्षी दलहरूलाई भने अहिलेसम्म निम्ता गरिएको छैन । कांग्रेस नेता प्रमोद तिवारीले शपथ ग्रहण समारोहका लागि अहिलेसम्म निमन्त्रणा नपाएको बताए ।
कांग्रेस नेता तिवारीले भने, 'म राज्यसभामा पार्टीको उपनेता हुँ, मलाई निमन्त्रणा आएको छैन, धेरै सहयोगीहरूसँग कुरा गरेको छु, उनीहरूले पनि निमन्त्रणा नपाएको बताएका छन्।'
उनले भने, 'मोदीजी विदेशी पाहुनाहरूलाई बोलाएर यसलाई अन्तराष्ट्रिय कार्यक्रम बनाउन चाहन्छन् ।'
राष्ट्रपति भवनमा आज साँझ हुने एनडीए सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन विदेशी राष्ट्र प्रमुखहरू दिल्ली आउन थालेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार भारत पुगेपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आज दिल्ली पुगेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया