विश्व

रेलभित्रको खानामा जिउँदै साङ्लो भेटिएपछि…

इकागज |
जेठ २७, २०८१ आइतबार १३:५५ बजे

काठमाडौँ- भारतमा इन्डियन रेलवेभित्रको खानामा जिउँदै साङ्लो भेटिएपछि एक यात्रु चकित परेका छन् ।

यात्राका क्रममा पहिलोपटक इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिजम कर्पोरेसन (आईआरसीटीसी) मार्फत खाना मगाएका यात्रुले आफ्नो खानामा जिउँदै साङ्लो भेटिएको दावी गर्दै भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।


हिन्दुस्तान टाइम्सले जनाएअनुसार उक्त यात्रुले खानामा साङ्लो भेटिएको भिडियो सामाजिक सञ्जाल प्लेटफर्म रेडिटमा राख्दै आफू आश्चर्यमा परेको बताए ।

भिडियोमा व्यक्तिले खानाको प्याकेट खोल्दै र थालीमा दिइने गुलाब जामुनमा जुम इन गरेको देखाइएको छ । उक्त भिडियोमा देखाइएअनुसार खानामा एउटा जिउँदो काक्रोच घुमिरहेको छ ।


Author

थप समाचार
x