विश्व

भारतमा तीर्थयात्री चढेको बसमा आतंकवादीद्वारा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

इकागज |
जेठ २७, २०८१ आइतबार २१:३० बजे

काठमाडौँ- जम्मू कश्मीरको रियासीमा भक्तजन बोकेको बसमा आतंकवादीले आक्रमण गरेका छन् । आक्रमणमा १० जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी र नयाँ मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा रियासी जिल्लाको कंदा क्षेत्रमा यो आतंकवादी हमला भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रियासीका एसएसपी मोहिता शर्माले प्रारम्भिक रिपोर्टका अनुसार शिव खोडीबाट कटरा जाँदै गरेको बसमा आतंकवादीहरूले गोली हानेका थिए, जसमा चालक घाइते भएका थिए र उनले बसको नियन्त्रण गुमाएका थिए । जसका कारण बस खाल्डोमा खसेको थियो । १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।


बसमा सवार अन्य यात्रुको उद्धार गरिएको मोहिता शर्माले बताए । यात्रुहरूको पहिचान हुन सकेको छैन । अधिकांश यात्री उत्तर प्रदेशका छन् । शिव खोडी मन्दिर माता वैष्णोदेवीको आधार शिविर हो । सुरक्षाकर्मीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका छन् । एजेन्सी


Author

थप समाचार
x