Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

एनभिडियाका सिईओ भन्छन्: ‘म बिहान ५ बजे उठ्छु, हप्ताको ७ दिन काम गर्छु’

इकागज |
जेठ २८, २०८१ सोमबार १३:१६ बजे

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियाका सह-संस्थापक तथा सीईओ जेनसेन हुआङले आफूले उठ्ने समयदेखि नै काम गर्ने गरेको तथा सोही दिनचर्या हप्ताको साथै दिन पछ्याउने गरेको बताएका छन् ।

फाइनान्सियल सर्भिस कम्पनी स्ट्राइपका सीईओ प्याट्रिक कोलिसनसँगको कुराकानीका क्रममा हुआङले काम नगर्दा पनि कामको बारेमा सोचिरहेको समेत बताए ।


'म उठेको क्षणदेखि सुत्ने क्षणसम्म काम गर्छु, र म हप्ताको सात दिन काम गर्छु। जब म काम गरिरहेको हुन्न, म काम गर्ने बारे सोचिरहेको हुन्छु । र जब म काम गरिरहेको हुन्छु, म काम गरिरहेकै हुन्छु,' उनले भने ।

एनभिडियाको शेयर गत वर्षको तुलनामा ७ सय प्रतिशतले बढेसँगै हुआङ १ सय ६ बिलियन अमेरिकी डलरको सम्पत्तिसँगै विश्वको १३औँ धनी व्यक्ति बनेपछि उनको यो भनाइ आएको हो ।

एनभिडियाको स्टक १ सय ५० अमेरिकी डलरबाट १ हजार २ सय डलरभन्दा बढी पुगेपछि १८ महिनामै एआई चिप बनाउने कम्पनीका मालिक हुआङको सम्पतीमा ९३ बिलियनको वृद्धि भयो ।


Author

थप समाचार
x