विश्व

सिंगापुर एयरलाइन्सले 'टर्बुलेन्स'मा घाइते भएकालाई क्षतिपूर्ति दिने

इकागज |
जेठ २९, २०८१ मंगलबार १५:३७ बजे

काठमाडौँ - सिंगापुर एयरलाइन्सले गत महिना विमानमा भयानक टर्बुलेन्स (हावाको तीब्र झट्का) हुँदा घाइते भएका यात्रुहरूलाई क्षतिपूर्ति दिने भएको छ । 

'सामान्य चोटपटक लागेकाहरूलाई १० हजार डलरको क्षतिपूर्ति प्रस्ताव गरिएको छ,' सिंगापुर एयरलाइन्सले सामाजिक सञ्जाल एक्समा लेखेको छ, 'गम्भीर चोटपटक लागेका ती यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राखी २५ हजार डलर क्षतिपूर्ति दिइनेछ।' कुनै विशेष केसहरू पनि थप छलफल गरिने एयरलाइन्सले जनाएको छ । 


गत महिना लण्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको फ्लाइट नम्बर एसक्यू ३२१ मा गम्भीर अशान्ति भएको थियो। टर्बुलेन्सका कारण ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेनको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् । टर्बुलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको बताइएको छ ।

सिंगापुर एयरलाइन्सका अनुसार विमानमा २११ यात्रुबाहेक १८ जना चालक दलका सदस्य थिए ।

र,यो पनि

सिंगापुर एयरलाइन्स 'टर्बुलेन्स' : एकको मृत्यु, ३० जना घाइते


Author

थप समाचार
x