विश्व

भारतीय विदेशमन्त्री जयशंकरले चीन र पाकिस्तानसँगको सम्बन्धबारे के भने ?

इकागज |
जेठ २९, २०८१ मंगलबार १५:४८ बजे

फाइल फोटो

काठमाडौँ - एस जयशंकरले दोस्रो पटक विदेश मन्त्रालयको जिम्मेवारी लिएपछि पाकिस्तान र चीनसँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् ।

एस जयशंकरले समाचार एजेन्सी एएनआईलाई भने, 'कुनै पनि देशमा, विशेष गरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटकको निर्वाचनले विश्वलाई सन्देश दिन्छ कि भारतमा राजनीतिक स्थिरता छ। भारतका जनताले आफ्ना प्रधानमन्त्रीलाई विश्वास गर्छन्।'


'हामी पक्कै पनि हाम्रो चासो विश्वसामु राख्नेछौं।'

एस जयशंकरले भने, 'चीन र पाकिस्तान फरक देश हुन्, सम्बन्ध पनि फरक छ, समस्या पनि फरक छन्।' 

'चीनसँगको सिमानामा केही समस्याहरू बाँकी छन्, हामी समाधान गर्ने प्रयास गर्नेछौं।'

'पाकिस्तानसँग सीमापार आतंकवादको म'द्दा वर्षौंदेखि छ। यसलाई कसरी समाधान गर्न सकिन्छ हेरौं।'

आइतबार, एस जयशंकरले दोस्रो पटक क्याबिनेट मन्त्रीको रूपमा शपथ लिए। सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रिपरिषद्‌मा विभाग बाँडफाँड गरेका छन् ।


Author

थप समाचार
x