चीनमा अमेरिकी नागरिकमाथि छुरा प्रहार, ह्वाइट हाउसद्वारा चिन्ता व्यक्त
अमेरिका- उत्तरपूर्वी चीनमा हालै चार जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ ।
'चीनको जिलिन सिटीमा अमेरिकी नागरिकमाथि भएको छुरा प्रहारबाट हामी निकै चिन्तित छौँ' ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीटरमा लेखेका छन् ।
'हाम्रो टोली यी अमेरिकी नागरिक, उनीहरूका आपन्तजन र हाम्रा चिनियाँ समकक्षीहरूसँग सम्पर्कमा रही पीडितहरूको आवश्यकता पूरा भएको सुनिश्चित गर्न उचित कानून प्रवर्तन कदमहरू चालिएका छन्' सुलिभानले ट्वीटरमा लेखेका छन् । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया