विश्व

कुवेतमा मृत्यु भएका अधिकांश भारतीय

इकागज |
जेठ ३०, २०८१ बुधबार १८:५६ बजे

काठमाडौँ - कुवेतको एक भवनमा आगलागीमा परी मृत्यु हुने ४० जनामध्ये अधिकांश भारतीय नागरिक रहेका छन् । 

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र जसमध्ये अधिकांश भारतीय नागरिक भएको बीबीसीलाई बताए । 


कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा करिब ५० जना घाइते समेत भएका छन् ।

कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्छन्।

कुवेतका आन्तरिक मन्त्री फहद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् ।

घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्रीले भने, ‘जग्गा धनीको लोभ नै यो घटना भएको हो । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए ।


Author

थप समाचार
x