Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

एप्पलले दुई महिनामा भारतबाट १६,५०० करोड बराबरको आइफोन निर्यात गर्‍यो

इकागज |
जेठ ३१, २०८१ बिहीबार १२:३१ बजे

काठमाडौँ- एप्पलले भारतबाट चालु आर्थिक वर्षको दुई महिनामै १६,५०० करोड भारतीय रुपैयाँ (लगभग २ बिलियन अमेरिकी डलर) मूल्यको आईफोनहरू निर्यात गरेको छ ।

एप्पलले भारत सरकारको प्रोडक्सन-लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजना मार्फत चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १६,५०० करोड रुपैयाँ मूल्यको आईफोनहरू निर्यात गरेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


यो निर्यात मात्रा यस अवधिमा भारतमा कुल आईफोन उत्पादन र एसेम्बलीको ८० प्रतिशत भन्दा बढी हो ।

एप्पलको प्रमुख निर्यातकर्ता फक्सकनले भारतबाट कुल आईफोन निर्यातमा ६५ प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२८ सम्ममा सबै आईफोनको २५ प्रतिशत उत्पादन गर्ने योजनाका साथ भारत विश्वको दोस्रो ठूलो मोबाइल फोन निर्माताको रूपमा उभिएको छ ।


Author

थप समाचार
x