विश्व

दुविधामा राहुल गान्धी

इकागज |
जेठ ३१, २०८१ बिहीबार १२:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छाड्नुपर्नेछ ।

बुधबार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसद्‌मा कुन सिटलाई प्रतिनिधित्व गर्ने भन्ने 'दुविधामा' थिए ।


उनले भने 'यसको जवाफ मबाहेक सबैलाई थाहा छ ।' राजनीतिमा सबैलाई थाहा हुन्छ, राजनीति गर्नेलाई बाहेक । केरलाको एडभान्ना, मलाप्पुरम, कलपेटा र वायनाडमा भएको बैठकमा उनले जे निर्णय लिन्छन् वायनाड र रायबरेली दुवैका जनतालाई खुशी बनाउने बताए । 

राहुल गान्धीले मंगलबार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद रैलीमा आफ्नो दुविधाको उल्लेख गरेनन् । तर उनले वायनाडमा यसबारे चर्चा गरेका थिए । 

राहुलको भाषणमा उनले वायनाड सिट छाड्ने संकेतहरू थिए । उनले भने 'तपाईंहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मेरा भावनाहरू व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन् । तपाईंहरूको मायालाई जीवनभर सम्झिरहनेछु ।'


Author

थप समाचार
x