विश्व

कुवेतमा मारिएका ४५ भारतीयको शव बोकेर भारतीय वायुसेनाको विमान कोच्ची प्रस्थान

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ११:११ बजे

काठमाडौँ - कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा परी मृत्यु भएका ४५ भारतीयको शव लिएर भारतीय वायुसेनाको विमान भारतको कोच्चीतर्फ उडेको छ । यो विमान शुक्रबार बिहान कुवेतबाट उडेको हो । स्थितिबारे जानकारी लिन कुवेत पुगेका विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह पनि सो विमानमा सवार थिए ।

भारतीय दूतावासका अधिकारीहरुका अनुसार कीर्तिवर्धन सिंह कुवेती अधिकारीहरुसँग समन्वय गरी शव छिटो ल्याउन कुवेत पुगेका थिए । कुवेती अधिकारीका अनुसार कुवेतको मङ्गाफमा भएको उक्त दुर्घटनामा मारिएका ४५ भारतीयको शव सनाखत भएको छ ।


यस दुर्घटनामा ४५ भारतीयसहित फिलिपिन्सका तीन नागरिकको मृत्यु भएको छ । कुल ४९ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।


Author

थप समाचार
x