विश्व

टेस्लाका शेयरधनीले स्वीकृत गर्‍यो एलन मस्कको ५६ बिलियन पारिश्रमिक

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १३:३८ बजे

काठमाडौँ- टेस्लाका शेयरधनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको ५६ बिलियन अमेरिकी डलर बराबरको पारिश्रमिक (पे प्याकेज) स्विकृत गरेका छन् ।

विद्युतीय गाडी निर्माता टेस्लाका सिईओ मस्कको ५६ बिलियन पारिश्रमिक बहुमत शेयरधनीले पारित गरेको रोयटर्सले जनाएको हो ।


अमेरिकाको टेक्ससमा भएको वार्षिक साधारणसभाका क्रममा केही ठूला संस्थागत लगानीकर्ता र प्रोक्सी फर्मको विरोधका बाबजुद उक्त प्रस्ताव पारित भएको हो ।

उक्त पारिश्रमिकका लागि सन् २०१८ मा पनि शेयरधनीले उनको पक्षमा मतदान गरेका थिए ।

तर मस्कको पारिश्रमिकलाई लिएर अमेरिकाको अदालतमा भने मुद्दा चलिरहेको छ ।


Author

थप समाचार
x