विश्व

आणविक हतियारको मामिलामा भारत पाकिस्तानभन्दा अगाडि तर चीनभन्दा धेरै पछाडि

इकागज |
असार ४, २०८१ मंगलबार ११:४३ बजे

नयाँदिल्ली - स्वीडेनको थिंक ट्या्रक स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट  (सिपरी) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् ।

प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ ।


भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुग्नेछ भने पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन ।

चीनको कुरा गर्दा सन् २०२३ मा ४१० आणविक हतियार थिए, जुन यस वर्ष बढेर ५०० पुगेको छ ।

अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायललगायत नौ आणविक हतियारधारी राष्ट्रहरूले आफ्ना आणविक हतियारहरूको आधुनिकीकरण गर्न जारी राखेका छन् र तीमध्ये धेरैले २०२३ मा नयाँ आणविक-सक्षम प्रणालीहरू विकास गरेका छन्।

आणविक हतियारको मामिलामा अमेरिका र रुस सबैभन्दा अगाडि छन्, जससँग ९० प्रतिशत आणविक हतियार छन् ।


Author

थप समाचार
x