विश्व

माइक्रोसफ्टलाई पछि पार्दै एनभिडिया बन्यो सर्वाधिक मूल्यवान कम्पनी

इकागज |
असार ५, २०८१ बुधबार १२:२६ बजे

काठमाडौँ- जेन्सेन हुनागको नेतृत्वमा रहेको अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।

कम्पनीको शेयर मूल्य अहिलेसम्मकै उचाइमा पुगेपछि एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


एनभिडियाको शेयर मूल्य मंगलबार ३.५ प्रतिशतले बढेर १ सय ३६ अमेरिकी डलर पुग्यो । कम्पनीको मूल्य ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।

यससँगै एनभिडियाले माइक्रोसफ्टलाई पछि पारेको छ ।

एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरको लागि आवश्यक कम्प्युटर चिपहरू बनाउने गरेको छ र यसका उत्पादनहरूको मागले पछिल्ला केही वर्षहरूमा यसको बिक्री र नाफा बढाएको छ ।


Author

थप समाचार
x