विश्व

ओपनएआईका सह-संस्थापकले ल्याए नयाँ एआई स्टार्टअप

इकागज |
असार ७, २०८१ शुक्रबार ११:३१ बजे

काठमाडौँ- रूसमा जन्मेका ओपनएआईका सह-संस्थापक इल्या सुत्स्केभरले आफ्नो नयाँ एआई स्टार्टअप सार्वजनिक गरेका छन् ।

इल्याले सामाजिक सञ्जालमार्फत सेफ सुपरइन्टेलिजेन्स (एसएसआई) सार्वजनिक गरेका इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


इल्याले सेफ सुपरइन्टेलिजेन्सलाई सुरक्षित र शक्तिशाली एआई प्रणाली हुने बताएका छन् ।

उनले एउटा लक्ष्य र एक उत्पादनसहित सुरक्षित सुपरइन्टेलिजेन्सको पछि जनाएका छन् ।

इल्याले साम अल्टम्यानको नेतृत्वमा रहेको एआईलाई छोडेको एक महिना पछि उक्त खुलासा गरेका हुन् ।

उनले ओपनएआईमा मुख्य वैज्ञानिकको रूपमा सेवा गरे र जान लेइकसँग ओपनएआईको सुपरअलाइनमेन्ट टोलीको सह-नेतृत्व गरे ।


Author

थप समाचार
x