विश्व

भारतको एसबीआईले सरकारलाई गर्‍यो ६,९५९ करोड लाभांश भुक्तान

इकागज |
असार ८, २०८१ शनिबार १२:१३ बजे

काठमाडौँ- भारतको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको बैंक स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले शुक्रबार सरकारलाई ६,९५९ करोड भारतीय रुपैयाँको लाभांश भुक्तान गरेको छ ।

एसबीआईले आर्थिक वर्ष २०२३-२४ को लागि ६,९५९ करोड रुपैयाँको लाभांश भुक्तान गरेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


वित्तीय सेवा सचिव विवेक जोशीको उपस्थितिमा एसबीआईका अध्यक्ष दिनेशकुमार खराले अर्थमन्त्री निर्मला सीतारमणलाई लाभांशको चेक हस्तान्तरण गरेका हुन् ।

एसबीआईले आर्थिक वर्ष २०२३-२४ को लागि प्रति शेयर १३.७० को लाभांश घोषणा गरेको थियो, जुन अघिल्लो वर्षको लागि वितरण गरिएको प्रति इक्विटी रू ११.३० भन्दा बढी हो।


Author

थप समाचार
x