विश्व

बंगलादेशमा पुल भत्किँदा नौ जनाको मृत्यु

इकागज |
असार ९, २०८१ आइतबार ९:१२ बजे

ढाका - बंगलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटना दिउँसो २ बजेतिर भएको हो । स्थानीय समय अनुसार पुल भत्किँदा दुबै सवारी साधनलाई नहर खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताए । 


“उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन्,” उनले भने । 


Author

थप समाचार
x