विश्व

पाकिस्तानी प्रधानमन्त्रीद्वारा पुनः बलियो राष्ट्रिय आतंकवाद विरोधी अभियानलाई अनुमोदन

इकागज |
असार ९, २०८१ आइतबार २१:१ बजे

इस्लामाबाद- पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले शनिबार पुनः बलियो र सक्रिय राष्ट्रिय आतङ्कवाद विरोधी अभियानलाई अनुमोदन गरेका छन् ।

शरीफले यहाँ राष्ट्रिय कार्य योजनाको केन्द्रीय सर्वोच्च समितिको बैठकको अध्यक्षता गर्दै यो निर्णय गरेका छन् । यसले अपरेशन “आजम–ए–इस्तेहकाम“ (स्थायित्वको समाधान) को व्यापक र निर्णायक तरिकाले चरमपन्थी र आतङ्कवादको खतरासँग लड्नका लागि विभिन्न प्रयासहरू एकीकृत गर्ने प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा बताएको छ ।  


विज्ञप्तिमा राजनीतिक–कूटनीतिक क्षेत्रमा क्षेत्रीय सहयोगका माध्यमबाट आतङ्ककारीका लागि परिचालन गर्ने ठाउँलाई कम गर्ने प्रयासलाई तीव्रता दिइने जनाएको छ ।  

यो अभियान जनताको वास्तविक सरोकारलाई सम्बोधन गर्ने र चरमपन्थी प्रवृत्तिलाई निरुत्साहित गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले सामाजिक–आर्थिक उपायहरूद्वारा पूरक हुनेछ । रासस/सिन्ह्वा


Author

थप समाचार
x