विश्व

भारतका दोस्रो धनी व्यक्ति गौतमले एक वर्षमा लिए ९.२६ करोड पारिश्रमिक

इकागज |
असार १०, २०८१ सोमबार १२:३८ बजे

काठमाडौँ- भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले आर्थिक वर्ष सन् २०२३-२४ मा कुल ९.२६ करोड भारतीय रुपैयाँ पारिश्रमिक पाएका छन् ।

इन्डियन स्टार्टअप न्यूजले जनाएअनुसार अडानीले सन् २०२४ को मार्च ३१ तारिखसम्म ९.२६ करोड रुपैयाँ पारिश्रमिक पाएका हुन् ।


खासमा अडानीले आफ्नो पोर्ट-टू-एनर्जी समूहमा सूचीबद्ध १० मध्ये २ कम्पनीबाट मात्र पारिश्रमिक लिएको थियो ।

उनले अडानी इन्टरप्राइजेजबाट २.१९ करोड रुपैयाँ पारिश्रमिक तथा २७ लाख अन्य सुविधा पाएका छन् । उनले अडानी पोर्ट्स एण्ड सेज लिमिटेड (एपीएसईजेड) बाट ६.८ करोड रुपैयाँ प्राप्त गरे ।


Author

थप समाचार
x