विश्व

भारतका लागि व्हाट्सएप, फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा मेटा एआई

इकागज |
असार १०, २०८१ सोमबार १४:१ बजे

काठमाडौँ- भारतमा व्हाट्सएप, फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र मेटा डट एआईमा आर्टिफिसियल इन्टेलिजेन्स मेटा एआईको सुविधा उपलब्ध गराइएको छ ।

अमेरिकी टेक्नोलोजी कम्पनी मेटाले सोमबार भारतमा व्हाट्सएप, फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र मेटा डट एआईमा मेटा एआईको सुविधा उपलब्ध गराइएको जनाएको आईएएनएसले जनाएको हो ।


'एललामा ३' बाट निर्मित पछिल्लो संस्करणको मेटा एआईको सेवा थपिएको बताइएको छ ।

यससँगै भारतमा लाखौं प्रयोगकर्ताहरूले मेटा एआईलाई फिड, च्याट र अन्य एपहरूमा लागू गर्न तथा त्यसको सहयोग लिन सक्ने भएका छन् ।


Author

थप समाचार
x