विश्व

रिलायन्स जियो बन्यो भारतको शीर्ष दूरसञ्चार कम्पनी

इकागज |
असार १२, २०८१ बुधबार १२:१२ बजे

काठमाडौँ- अर्बपति मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स जियो भारतको शीर्ष दूरसञ्चार कम्पनी बनेको छ ।

भारतको कुल दूरसञ्चार ग्राहकहरूको संख्या दोस्रो पटक १.२ अर्ब नाघेसँगै रिलायन्स जियो भारतको शीर्ष दूरसञ्चार कम्पनी बनेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


टीआरएआईको मासिक सब्सक्राइबर प्रतिवेदन अनुसार कुल सब्सक्राइबर आधारमा अप्रिलको अन्त्यमा ०.१६ प्रतिशतले बढेर १,२०१.२२ मिलियन पुगेको छ, जुन मार्च २०२४ मा १,१९९.२८ मिलियन थियो ।

कुल ग्राहक आधार पहिलो पटक मे २०१७ मा १.२ बिलियन अंक पार गरेको थियो र जुलाई २०१७ मा १.२१ बिलियनको कीर्तिमान कायम गरेको थियो ।

प्रतिवेदनमा उल्लेख भएको महिनामा १,१६५.४९ मिलियनसहित वायरलेस ग्राहकहरूले कुल ग्राहकको आधारमा प्रभुत्व जमाउन सफल भएको छ ।

रिलायन्स जियोले वायरलेसको कुल ग्राहक ४७२.४२ मिलियन पुर्‍याएको छ ।

दोस्रोमा भारती एयरटेल रहेको छ जसको ग्राहक संख्या २६७.५७ मिलियन पुगेको छ ।

 


Author

थप समाचार
x