ओपनएआईको च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूको लागि उपलब्ध
काठमाडौँ- ओपनएआईको च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूको लागि उपलब्ध भएको छ ।
साम अल्टम्यानद्वारा संचालित एआई कम्पनी ओपनएआईले बुधबार घोषणा गरेअनुसार च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको हो ।
म्याक कम्प्युटरहरूमा च्याटजिपिटीको सेवा उपलब्ध हुने यसै महिनाको सुरुवातमा घोषणा गरिएको थियो ।
कम्पनीले ओपनएआईको च्याटबट र आईफोन, आईप्याड र म्याकका लागि एप्पलको अपरेटिङ सिस्टमहरूबीच एकीकरणको घोषणा गरेको आईएएनएसले जनाएको हो ।
म्याक प्रयोगकर्ताहरूले अब नयाँ च्याटजिपिटी एप इन्स्टल गरेपछि अप्सन प्लस स्पेसको किबोर्ड संयोजन प्रयोग गरेर च्याटजिपिटी प्रयोग गर्ने सक्छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया