अष्ट्रेलिया पुगे जुलियन असान्ज
काठमाडौँ - विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन् ।
विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए । असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएका हुन् ।
अमेरिकासँगको सम्झौता अनुसार जुलियन असान्जले अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपरेको थियो ।
अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो । न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले बेलायतको जेलमा सो सजाय काटिसकेको हुनाले उनी रिहा भएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया