विश्व

गुगलले २ सय ४३ भाषामा अनुवाद गर्दै

इकागज |
असार १४, २०८१ शुक्रबार १३:१८ बजे

काठमाडौँ- गुगलले गुगल ट्रान्सलेटमा १ सय १० नयाँ भाषालाई अनुवाद गर्ने सुविधा थप गरेको छ । यससँगै गुगलले २ सय ४३ भाषाको अनुवादका लागि सहयोग पुर्‍याउने टेकमिमले जनाएको छ ।

यसअघि गुगलले १ सय ३३ भाषाका लागि अनुवादको सुविधा प्रदान गर्दै आएको थियो । ​गुगलको गुगल ट्रान्सलेटमा यो अहिलेसम्मकै ठूलो सफलता भएको बताइएको छ ।


गुगलको पीएएलएम २ एआई ल्याङ्गुएज मोडेलले ट्रान्सलेटलाई यी नयाँ भाषाहरु सिक्न मद्दत गरेको हो । धेरै जसो नयाँ भाषाहरू कम्तिमा १० लाख मानिसहरूले बोल्छन् भने कतिपय भाषाहरु करोडौं मानिसहरूले बोल्छन् ।


Author

थप समाचार
x