विश्व

भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला

इकागज |
असार १८, २०८१ मंगलबार २१:२ बजे

सांकेतिक तस्बिर

नयाँदिल्ली- भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँच जना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो । उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन् ।


राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरिएको छ । मृतकको शव परीक्षणका लागि पठाइएको उनले बताए । रासस/सिन्ह्वा


Author

थप समाचार
x