विश्व

पाकिस्तानी प्रधानमन्त्री शाहबाज र पुटिनबीच भेटवार्ता

इकागज |
असार २०, २०८१ बिहीबार १३:२७ बजे

काठमाडौँ - पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा छन् । 

भेटपछि शाहबाज सरिफले इन्स्टाग्राममा लेखेका छन्, ‘आज अस्तानामा एससीओ बैठकको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता भएको थियो । 'हामीले पारस्परिक हितका धेरै क्षेत्रमा द्विपक्षीय सहयोगको बारेमा कुरा गर्यौं।'


'हामीले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गर्‍यौं। साझा इच्छा र दृढ संकल्पका माध्यमबाट पाकिस्तान र रुसबीचको सम्बन्ध प्रगति र सुदृढ हुँदै गएको कुरा उत्साहजनक छ।'

रुस सधैं भारतको नजिक छ। जुलाई ७(८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को जाँदै पुटिनसँग भेट गर्नेछन् ।

सन् १९७१ मा भारत–पाकिस्तान युद्धका बेला इन्दिरा गान्धीको अपीलमा रुसले आणविक युद्धपोत पठाएको थियो ।

पुटिनले पनि अहिलेसम्म पाकिस्तान भ्रमण गरेका छैनन् । 


Author

थप समाचार
x