विश्व

चुनावी हारपछि ऋषि सुनकले भने - ‘माफ गर्नुहोस्’, नतिजाबाट पाठ सिक्नुपर्छ

इकागज |
असार २१, २०८१ शुक्रबार ११:४४ बजे

काठमाडौँ - बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कियर स्टाररलाई विजयको लागि बधाई दिएका छन्। 

 उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु ।'


ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिट कायम राखेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कियर स्टाररलाई उनको जितमा बधाई दिएँ।'

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने।

अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ ।

बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

यदि एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने केयर स्टारर ४१० लेबर सांसदसहित प्रधानमन्त्री बन्नेछन्। यो जित सन् १९९७ मा टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा केही कम हो।


Author

थप समाचार
x