गाजाको विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु
काठमाडौँ -गाजाको एक विद्यालयमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
प्यालेस्टिनी अधिकारीहरूले आक्रमणमा धेरै व्यक्तिहरू घाइते भएको बताए। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नुसरत शरणार्थी शिविरमा रहेको भवनमा हजारौं शरणार्थीहरू बस्दै आएका थिए।
इजरायली सेनाले अल-जाउनी स्कूल क्षेत्रको भवनबाट सञ्चालन गरिरहेका 'आतंकवादीहरू'माथि आक्रमण गरेको बताएको छ।
यसैबीच शिविरको एक घरमा सेनाले आक्रमण गरेको खबर पनि आएको छ । जसमा दश जनाको मृत्यु भएको छ । नुसरत क्याम्पको विद्यालयमा हमलापछि सार्वजनिक भएको भिडियोमा बालबालिका र वयस्कहरू धुवाँले भरिएको सडकमा चिच्याउदै दौडिरहेको देखिन्छ । सडक पूरै धुलो र फोहोरले भरिएको थियो ।
बीबीसीका अनुसार आक्रमणमा विद्यालयको माथिल्लो तलालाई निशाना बनाइएको थियो। यो विद्यालय बजार नजिकै रहेको छ ।
यो भवनलाई सात हजार मानिसले आश्रय गृहको रूपमा प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया