विश्व

आसाम बाढी : २९ जिल्लामा २३ लाख मानिस प्रभावित

इकागज |
असार २४, २०८१ सोमबार ६:३१ बजे

दराङ (आसाम)- आसाममा बाढीको अवस्थामा बिस्तारै सुधार हुँदै गइरहेको छ । बाढीले २९ जिल्लाका २३ लाख मानिसलाई असर गरेको छ । त्यस्तै ९८ गाउँ डुबानमा परेको दराङ जिल्लामा स्थिति सुधार हुँदै गएको छ । ब्रह्मपुत्र नदीको पानीको सतह घट्दै गएको छ ।

असमका जलस्रोतमन्त्री पिजुस हजारिकाले आइतबार दराङ जिल्लाका बाढी प्रभावित क्षेत्रको भ्रमण गरी अवस्थाको जानकारी लिए ।


“ब्रह्मपुत्र नदी र यसका सहायक नदीहरूमा पानीको स्तर अहिले घटिरहेको छ । यसपटक असममा चारवटा तटबन्ध भत्किएका छन्”, हजारिकाले भने, “नदी किनारमा धेरै विनाश भएको छ । हामीले अवस्थालाई गम्भीरतापूर्वक अनुगमन गरिरहेका छौँ । हामी हाम्रा मानिसहरूलाई मद्दत गरिरहेका छौँ । सरकारले यसै वर्ष प्रदेशमा दुई सय २० किलोमिटर नयाँ तटबन्ध निर्माण गर्न लागेको छ ।” 

अर्कोतर्फ, भारतीय जनता पार्टी (भाजपा) का सांसद दिलीप सैकियाले भने, “केन्द्र र राज्य सरकारहरूले बाढी पीडितहरूको लागि सबै सम्भावित कदमहरू चालिरहेका छन् ।”

यता मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, हटियाला चा, चतियारा, डेका चार, वार चार क्षेत्रका बाढीले सबै सडक डुबानमा परेपछि स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । (एएनआई)


Author

थप समाचार
x