विश्व

वर्षाले मुम्बईवासीको जनजीवन अस्तव्यस्त

इकागज |
असार २५, २०८१ मंगलबार ११:४० बजे

काठमाडौँ -  मुम्बईमा भारी वर्षाका कारण मंगलबार हुने परीक्षा रद्द गरिएको छ । वडालालगायत धेरै स्टेशनहरूमा पानी जमेको कारण रेल सञ्चालनमा ढिलाइ भइरहेको छ। हार्बर लाइनमा स्थानीय ट्रेनहरू ढिलो चलिरहेका छन्। मौसम विभागले भारी वर्षापछि फेरि ‘हाई टाइड’को चेतावनी दिएको छ ।

मुम्बई र यसका उपनगरहरू ठाणे, रायगड, पालघर, रत्नागिरी र सिन्धुदुर्ग जिल्लाहरूमा आज हुने मुम्बई विश्वविद्यालयको परीक्षा स्थगित गरिएको छ। यसको नयाँ मिति पछि घोषणा गरिनेछ।


सोमबारदेखि परेको वर्षाले मुम्बईवासीको जनजीवन अस्तव्यस्त बनेको छ ।

भारी वर्षाका कारण सोमबार मुम्बई एयरपोर्टमा केही उडानहरू डाइभर्ट वा केही घण्टा ढिलो गर्नुपरेको थियो।

सोमबार सहरको लाइफलाइन मानिने लोकल ट्रेनका चारवटा रुटका रेलमार्ग डुबानमा परेका छन् ।

मंगलबार बिहान अन्य केही रुट डुबानमा परेका छन् ।


Author

थप समाचार
x