विश्व

बुबालाई आफ्नै तीन छोराछोरीको हत्या गरेर घर जलाएको आरोप

इकागज |
असार २७, २०८१ बिहीबार १०:५१ बजे

काठमाडौं- एक अस्ट्रेलियालीले आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।

आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, साढे दुई वर्षका र ६ वर्षका बालबालिकाको मृत्यु भएको हो । साढे दुई वर्षको बालक निकै नराम्रो अवस्थामा घरबाट बाहिर निस्कन सफल भएका थिए । उनलाई अस्पताल लगिए पनि बचाउन सकिएन । चार, सात र ११ वर्षका तीन छोरा र एक नौ वर्षीया छोरी आफ्नी आमासँगै बाँचे।


२८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच वटा ज्यान मार्ने प्रयास र एक सम्पत्ति नष्ट गरेको आरोप छ।

अष्ट्रेलिया सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’ घोषणा गरेको बेला यो खबर आएको हो । छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरे।
 


Author

थप समाचार
x