विश्व

केजरीवाललाई सर्वोच्चले दियो अन्तरिम जमानत, रिहा भने नहुने

इकागज |
असार २८, २०८१ शुक्रबार ११:४७ बजे

फाइल फोटो

काठमाडौँ - भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ । 

सर्वोच्चले दिल्लीमा कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा प्रवर्तन निदेशालयले गरेको गिरफ्तारीप्रति अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


मुख्यमन्त्रीलाई ईडीले मार्च २१ मा मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरेको थियो। उनलाई तल्लो अदालतले जुन २० मा एक लाख रुपैयाँको व्यक्तिगत धरौटीमा जमानत दिएको थियो । त्यसको भोलिपल्ट ईडीले दिल्ली हाई कोर्टमा जमानत दिने तल्लो अदालतको आदेश एकतर्फी र गलत भएको तर्क गरेको थियो । त्यसपछि केजरीवाललाई पनि सीबीआईले जुन २६ मा कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरेको थियो ।

यद्यपि केजरीवाल अहिले जमानतमा जेलबाट बाहिर आउन सक्ने छैनन् किनभने सर्वोच्च अदालतले उनलाई ईडीले पक्राउ गरेको मुद्दामा मात्र अन्तरिम जमानत दिएको छ ।

केजरीवाललाई सीबीआईले गरेको गिरफ्तारीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएका छन् । यस मुद्दाको सुनुवाई जुलाई १७ मा हुने भएको छ ।
 


Author

थप समाचार
x