विश्व

ट्रम्पले बनाए सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

इकागज |
साउन १, २०८१ मंगलबार ९:१३ बजे

काठमाडौँ- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन् ।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गरेका हुन् । भ्यान्स ट्रम्पको आलोचक थिए तर पछि उनको सहयोगी बने ।


ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका भ्यान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ । भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो संख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

रिपब्लिकनबाट उपराष्ट्रपतिको दौडमा फ्लोरिडाका सिनेटर मार्को रुबियो, नर्थ डकोटाका गभर्नर डग बर्गमलगायत दौडमा रहेका थिए ।


Author

थप समाचार
x