Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना संक्रमण, आइसोलेसनमा राखिने

इकागज |
साउन ३, २०८१ बिहीबार ७:२ बजे

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नुअघि उनको कोभिडका लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिडविरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ ।


राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ । अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ । 

यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडन कोभिड–१९ पोजिटिभ भेटिएका थिए ।


Author

थप समाचार
x