विश्व

सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

इकागज |
साउन ३, २०८१ बिहीबार ११:२४ बजे

काठमाडौँ - चीनको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको हो ।  

सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीमा फसेका ३० जनाको उद्धार गरिएको छ । 


घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ । हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो ।

चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।


Author

थप समाचार
x