विश्व

ढाकामा एकै दिन १० जनाको मृत्यु

इकागज |
साउन ६, २०८१ आइतबार ११:२९ बजे

काठमाडौँ - बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा रोकिएको छैन। कर्फ्यूका बाबजुद पनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस अवधिमा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी पनि छन् ।

ढाकाको जात्राबारीको रायबागमा ८ जनाको मृत्यु भएको छ भने मिरपुर र अजिमपुरमा २ जनाको मृत्यु भएको छ ।


शनिबार दिउँसो बीबीसी संवाददाताहरूले ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको देखे।

मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ ।

सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यू घोषणा गरेको थियो । योसँगै देशभर सेना परिचालन गरिएको छ । कर्फ्यू आइतबारसम्म लम्ब्याइएको छ ।

यसबाहेक आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ ।


Author

थप समाचार
x