विश्व

राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

इकागज |
साउन ८, २०८१ मंगलबार १३:५६ बजे

वासिङ्टन डिसी- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्‌वार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन् ।

'आफ्नो पार्टीबाट उम्मेद्‌वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु' ह्यारिसले  एक विज्ञप्तीमार्फत बताइन् ।  
 
डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका हुन् । उनले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्‌वारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । 


ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x