Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विश्व

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने

इकागज |
साउन १०, २०८१ बिहीबार ८:५१ बजे

बैङ्कक, थाइल्याण्ड- थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा थाइल्याण्डको सर्वोच्च अदालतले अर्को महिना फैसला सुनाउने भएको छ ।

गत मे महिनामा अदालतले ४० जना पूर्व सिनेटरले स्रेथालाई पदबाट हटाउन माग गर्दै दायर गरेको निवेदनलाई स्वीकार गरेको थियो ।


सन् २००८ मा अदालतको अवहेलना गरेको अभियोगमा छ महिना जेल सजाय भोगेका पिचित चुएनबानलाई मन्त्री बनाएपछि श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गर्दै मुद्दा दायर गरिएको हो । 

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध भएका पूर्व वकिल पिचित विवादमा आएपछि पछि श्रेतालाई जोगाउन मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए । 

संवैधानिक अदालतले श्रेताविरुद्धको मुद्दामा अगस्ट १४ मा फैसला सुनाउने छ ।

कुनै पनि गलत कामलाई अस्वीकार गर्दै आएकी सिनावात्राको फेउ थाई पार्टीकी नेता श्रेता सिनावात्रा सन् २०२३ को चुनावपछि सेनासँग सम्बन्धित दलसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नुभएको थियो । (एएफपी)


Author

थप समाचार
x