विश्व

'हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् '

इकागज |
साउन १०, २०८१ बिहीबार १०:५७ बजे

काठमाडौँ - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले गाजा युद्धको बचाउ गरेका छन् ।

कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहूले अमेरिकी सांसदहरूलाई भने, 'हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् । जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौं । हाम्रो युद्ध तपाइँहरुको युद्ध हो र हाम्रो जित तपाईहरुको जित हो ।'


धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहूलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएका थिए ।

सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो । मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहूलाई 'युद्ध अपराधी' घोषणा गरेका थिए ।

नेतन्याहूको सम्बोधनमा बाधा पुर्‍याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ ।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहूले भने, तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नु भएको छ ।


Author

थप समाचार
x