विश्व

अमेरिकी झण्डा जलाउनु घृणित र अपमानजन्य कार्य : उपराष्ट्रपति ह्यारिस

इकागज |
साउन ११, २०८१ शुक्रबार ७:२५ बजे

वासिङ्टन- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार अमेरिकी काङ्ग्रेसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सम्बोधनको विरोधमा प्रदर्शनकारीले अमेरिकी झण्डा जलाएको कार्यलाई घृणित र अपमानित कार्य भएको बताएका छन् ।

डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वारले कडा रूपमा भने 'म अमेरिकी झण्डा जलाएको निन्दा गर्दछु । झण्डा एक राष्ट्रको रूपमा हाम्रो सर्वोच्च आदर्शहरूको प्रतीक हो र यसलेअमेरिकाको प्रतिज्ञालाई प्रतिनिधित्व गर्दछ । यसलाई जलाएर कहिल्यै अपवित्र गर्नु हुँदैन ।'


प्रधानमन्त्री नेतान्याहूले गाजा द्वन्द्वको विषयमा अमेरिकी काङ्ग्रेसमा दिएको असम्बद्ध भाषणबाट आक्रोशित हजारौँ प्रदर्शनकारीहरूले बुधबार अमेरिकी राजधानीमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूको एउटा समूहले राजधानी नजिकैको रेल स्टेसन बाहिर भेला भएर प्रधानमन्त्री नेतान्याहुको पुतला र अमेरिकी झण्डा जलाएका थिए । (एएफपी)


Author

थप समाचार
x