विश्व

फ्रान्समा आज पनि रेल सेवा प्रभावित, आक्रमणकारीको खोजी जारी

इकागज |
साउन १२, २०८१ शनिबार २१:४ बजे

काठमाडौँ - शुक्रबार फ्रान्सेली रेल नेटवर्कमा भएको आक्रमणका कारण फ्रान्समा रहेका १० मध्ये ३ उच्च गतिको रेल शनिबार पनि प्रभावित भएका छन् ।

फ्रान्सको रेल नेटवर्कमा भएको आक्रमणको प्रतिक्रिया दिँदै फ्रान्सेली प्रधानमन्त्री गेब्रियल एटलले सुरक्षा बलहरूले आक्रमण र तोडफोडका लागि जिम्मेवार व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन् ।


राष्ट्रिय रेल कम्पनी एसएनसीएफले शनिबार सेवाहरू दुई घण्टा ढिलो हुने बताएको छ, जबकि युरोस्टार सेवाहरूको एक चौथाई रद्द हुनेछन् ।

फ्रान्सका यातायात मन्त्रीले सोमबार बिहानसम्म सेवा सामान्य हुने बताएका छन् । सरकारी अधिकारीहरूले बदमाशहरूले रेल सेवाहरू सुरक्षित सञ्चालनका लागि आवश्यक अप्टिक फाइबर केबल काटेर आगो लगाएको बताएका छन् ।

यस घटनाबाट शुक्रबार लगभग २ लाख ५० हजार यात्रुहरू प्रभावित भएका थिए, जबकि जुनियर यातायात मन्त्री प्याट्रिस भर्ग्रिएटले लगभग ८ लाख यात्रुहरू तीन दिनमा प्रभावित हुन सक्ने बताएका छन् ।

लन्डनदेखि पेरिससम्म अन्तर्राष्ट्रिय सेवाहरू सञ्चालन गर्ने र फ्रान्समा उच्च-स्पीड लाइनहरू प्रयोग गर्ने युरोस्टारले यसका चारमध्ये एउटा रेल सप्ताहन्तमा नचल्ने बताएको छ ।


Author

थप समाचार
x