विश्व

भारतमा रेल दुर्घटना, दुई जनाको मृत्यु

इकागज |
साउन १५, २०८१ मंगलबार ११:१३ बजे

काठमाडौँ - भारतको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा मेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बीबीसीका अनुसार एक वरिष्ठ रेल अधिकारीले मृत्युको पुष्टि गरेका छन्। राहत र उद्धार कार्य जारी रहेको रेल अधिकारीहरूले बताएका छन् ।



Author

थप समाचार
x