विश्व

जापानको बेरोजगारी दर घट्यो

इकागज |
साउन १५, २०८१ मंगलबार १६:५१ बजे

फाइल फोटो

जापान - जापानको बेरोजगारी दरमा सुधार भएको छ। सरकारी तथ्यांक अनुसार पछिल्लो महिनाको २.६ प्रतिशतको तुलनामा जुन महिनामा बेरोजगारी दर २.५ प्रतिशतमा झरेको छ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाए अनुसार जापानमा एक वर्षअघिको तुलनामा तीन लाख ७० हजारले बढेर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको छ।


बेरोजगार व्यक्तिहरूको सङ्ख्या जुन महिनामा ३.३ प्रतिशतले घटेको छ, जसको मुख्य कारण मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोज्नु हो। यो सङ्ख्या मौसमी बेरोजगारीमा समायोजित हुँदा १.७६ मिलियनमा पुगेको छ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार, जापानको रोजगार–आवेदक अनुपात मे महिनामा १.२४ थियो भने जुन महिनामा यो घटेर १.२३ मा पुगेको छ। यो लगातार तेस्रो महिनासम्म भएको गिरावट हो । जसले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १२३ रोजगारी उपलब्ध भएको संकेत गर्छ।


Author

थप समाचार
x