बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, छोडिन् देश
काठमाडौँ - बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएका छन् । बीबीसी बंगला सेवाले यसको पुष्टि गर्दै प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको जानकारी दिएको छ ।
बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागमा अडिग छन् ।
हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । गत महिना सरकारले आन्दोलन नियन्त्रण गर्न सेना बोलाएको थियो । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए ।
यसमा सरकारको कर तिर्न जनतालाई अपिल गरिएको थियो ।
रिपोर्टका अनुसार हजारौं आन्दोलनकारीले प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा ढुंगामुढा गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया